बाल संरक्षण कार्यक्रम स्थानिय योजना तर्जुमा प्रक्रिया बालबालिका र युवाको सहभागिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । नेपाल सरकारले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेकाले बालमैत्री समाज निर्माण गर्नका लागि बालबालिकामाथि यथोचित लगानी तथा बालअधिकारमा आधारित योजना तर्जुमा कार्य अपरिहार्य छ । बालबालिका तथा किशोर किशोरीहरूका संरक्षणका लागि नीतिगत प्रयास गरेमा लगानीको अधिकतम् सामाजिक तथा आर्थिक प्रतिफल प्राप्त गर्न सकिन्छ भने भोलिको सुन्दर, समृद्ध तथा समुन्नत भविष्य निर्माणकालागि आज बालबालिकामा लगानी गर्नु उपयुक्त हुन्छ । राज्यले बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धन गर्नको लागि विभिन्न नीति, कानुन, तथा अन्तराष्ट्रिय प्रतिवद्धता जनाए अनुरुपको व्यवहारमा परिवर्तन ल्याउन पनि उत्तिकै जरुरी छ । स्थानीय स्वायत्त शासन ऐनअनुसार बालबालिकाको प्राथमिकताको पहिचान, आवधिक योजना तथा बार्षिक योजनाको निर्माण बालअधिकारको दृष्टिकोणबाट गर्न यस कार्यक्रमले सहयोगीको भुमकिा खेल्ने बास नेपालका निर्देशक नमस्कार शाहले बताएका थिए ।