बेसीशहर– विश्व धुम्रपान रहित दिवस– २०८० का अवसरमा यहाँ सचेतना प्रवचन कार्यक्रम गरिएको छ । बास नेपाल लमजुङ शाखाको आयोजनामा सो कार्यक्रम यहाँ स्थित विद्या विकास आमाविको सहभाहलमा जेठ १८ अर्थात मे ३१ तारिखका दिन गरिएको हो । उक्त अवसरमा विद्याविकास माविका प्रिन्सिपल रामचन्द्र देवकोटाले सूर्तिजन्य पदार्थको सेवनले मानिसहरू लागु औषधको कुलतमा फस्ने गरेको पाइएको छ त्यसैले कलिलै उमेरदेखि यसतर्फ सचेत हुन आवश्यक छ भन्नुभयो । उहाँले यस्ता कुलतबाट युवावर्गलाई बचाउनु आजको आवश्यकता हो भन्नुभयो । अब व्यक्ति व्यक्ति सचेत भएर कुलतबाट बच्नु पर्छ, त्यसतर्फ सबै सचेत बनेर लागौं उहाँले आह्जान गर्नुभयो । उहाँले विश्वमै युवावर्ग कुलतमा फसेको बताउँदै कुलतले धन, स्वास्थ्य, परिवार, इज्जत सबै बरबाद गर्ने हुँदा कुलतबाट बचौं र बचाऔं भन्ने उल्लेख गर्नु भयो । खासगरी टिनएजरहरू यस्ता कुलतबाट बच्न जरुरी छ भन्नुभयो । यो कार्यक्रम सानो भएता पनि यसको उद्देश्य र यसले दिने सन्देश ठूलो र दूरगामी हुनेछ भन्नुभयो । उहाँले स्वास्थ्य नै अमूल्य धने हो भनिएको छ यसलाई बचाउने गरौं भन्नुभयो । सो अवसर बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाका पशुपति ढुंगानाले ‘नेपालमा सूतिज्यन्य पदार्थ नियन्त्रण र नियमनका लागि कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले धन भनेको नै स्वास्थ्य हो, त्यसैले सूर्तिजन्य पदार्थ सेवनबाट बचौं, शौचालयतिर वा एकान्तमा गएर लुकेर धुमपान सेवन गर्ने बाँनी छ भने त्यो आजैकै दिनबाट त्यागौं भन्नुभयो । उहाँले आजदेखिनै प्रतिवद्धता गरौं, आफू परिवर्तन होऔं र अरुलाई पनि परिवर्तन गरौं भन्नुभयो । १० वर्षदेखि २२ वर्षको उमेर समूहका किशोर किशारी तथा युवाहरू लागू औषधको कुलतमा फस्ने गरेको हुँदा यो उमेरमा होसियारी अपनाउने र सावधान रहेने गर्नुपर्छ उहाँले भन्नुभयो । बास नेपाल, लमजुङ शाखाका अध्यक्ष लक्ष्मी धितालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यो दिवसको यस वर्षको नारा ‘हामीलाई खाद्यान्न चाहिन्छ ः सूर्तिजन्य पदार्थ होइन ।’ भन्ने रहेको जानकारी भइसकेको छ, यो दिवसले देशलाई खाद्यान्नमा आत्म निर्भर हुन सक्ने र सूर्तिजन्य पदार्थका लागि विदेशिने गरेको अर्बौंं रुपैयाँ बताउने प्रेरणा हामीलाई र सद्बुद्धि नीति निर्माताहरूमा पलाओस् भन्ने कामना गर्नु भयो । आज दिवसको नारालाई सार्थक बनाउनेतर्फ ध्यानदिनु हामी सबैको कर्तव्य हो, त्यसतर्फ लागौं भन्नु भयो । उहाँले बास नेपालका बारेमा समेत जानकारी दिनु भएको थियो । उहाँले बास नेपालले सदैव सुशासनका पक्षमा काम गर्दै आएको र अबका दिनमा पनि त्यस्ता कार्य गर्ने जानकारी दिनुभयो । उहाँले बास नेपालले सदैव सुशासनका पक्षमा काम गर्दै आएको र अबका दिनमा पनि त्यस्ता कार्य गर्ने जानकारी दिनुभयो । उहाँले विद्याविकास आमाविले कार्यक्रम स्थल उपलब्ध गराएर कार्यक्रम सफल बनाउन सहयोग गर्नु भएकोमा विद्यालय परिवारलाई कृतज्ञता व्यक्त गर्नु भएको थिएको थियो । त्यस्तै, बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाको सहयोगप्रति पनि आभारी रहेको उल्लेख गर्नु भयो । बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखाका निर्मला खड्काले स्वागत गर्नु भएको कार्यक्रममा बास नेपालका जिल्ला सदस्य बासुदेव सेढाईँले ‘बत्ती निभाएर जन्म दिन नमनौं, बृक्षारोपणका साथ मनाऔं’ भन्ने आह्वानका साथ कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । उहाँले कविता समेत वचन गर्नु भएको थियो । उक्त कार्यक्रमको सहआयोजना बेसीशहर नगरपालिकाको स्वास्थ्य शाखा र विद्या विकास आमाविले गरेको बास नेपालका जिल्ला सदस्य सेढाइँले बताउनु भयो । उहाँका अनुसार कार्यक्रम सो विद्यालयका छात्रछात्राहरूको सहभागिता थियो ।