BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

जयसपुरमा बासको ईकाई पुर्नगठन

नेपालगञ्ज÷नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरमा बास नेपालको ईकाई पुर्नगठन भएको छ । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य तपेन्द्र मलाती, जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थतिमा ईकाई पुर्नगठन भएको हो । पुर्नगठित ईकाईको अध्यक्षमा बाँके शाखाका पुर्ब उपाध्यक्ष रोसन अलि अन्सारीलाई चयन गरिएको छ । ईकाईको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश नाजबुन कवडीया, श्याम कुमारी आर्या, मुनिर कवडीया र चन्द्रमाता कुर्मीलाई चयन गरिएको छ । ७ सदस्यीय ईकाई समितिका सदस्यहरुमा मो.अस्लम राई र साजित कवडिया रहेका छन् । समिति पुर्नगठन पश्चात ईकाईका अध्यक्ष रोसन अलि अन्सारीले आफ्ना भनाई राख्दै आफु झन्डै २० बर्ष देखी असल शासनको क्षेत्रमा बास नेपाल सँगै रहेर काम गर्दै आएको बताउँदै ईकाईलाई सशक्त बनाएर लैैजाने बताए । बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र मलाती ले सञ्चालन गरेको ईकाई गठन कार्यक्रम बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बास नेपालका संस्थागत पक्षका बारेमा जानकारी गराएका थिए