BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

ब्रह्माकुमारीद्वारा गैसस महांसघ पदाधिकारीलाई स्वागत

हालै निर्वाचित गैरसरकारी संस्था महांसघ नेपाल, बाँकेको नयाँ नेतृत्वलाई स्वागत, सम्मान गरिएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा स्वागत, सम्मान गरिएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता, गैरसरकारी संस्था महांसघ नेपालका केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष नमस्कार शाहको प्रमुख आतिथ्यतामा स्वागत सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी गैरसरकारी संस्था महांसघ नेपालका केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष नमस्कार शाहले समाजलाई सुसंस्कृत, नैतिकवान, सभ्य र शालिन बनाउन ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष निर्मला सुनार, सचिव आशिष वर्मा, सह–सचिव परिना चौधरी, कोषाध्यक्ष सुर्र्यलाल यादव, सदस्यहरु राजन बर्मा, रमेश सिटौला, मन भण्डारी, तारा वली, प्रेमा रोका, राधाकुमारी केवट, भगवती बराल, विजयालक्ष्मी रोकाय र गणेश भट्टराईलाई स्वागत, सम्मान गर्नुका साथै आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गाले सामाजिक परिवर्तन का लागि स्वयंबाट शुरुआत हुनुपर्ने बताईन् । सधै भरी दिमागमा आईस फ्याक्ट्री, मुखमा सुगर फ्याक्ट्री र दिलमा लव फ्याक्ट्री खोल्न सबैलाई उनले आग्रह गरिन् । सबैजनालाई ईश्वरीय उपहार प्रदान गरिएको कार्यक्रममा संस्थाका क्षेत्रीय सचिव ब्रम्ह कुमार कृष्ण बहादुर रानाभाटले स्वागत गरेको कार्यक्रममा क्षेत्रिय कार्यालय नेपालगन्जका उपप्रमुख राजयोग प्रशिक्षिका संस्थाका राजयोग प्रशिक्षिका ब्रम्ह कुमारी मुनाले सहजीकरण गरेकि थिईन् ।