BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

प्रेस समाचार

भ्रष्टाचार बिरुद्ध ११ बुँदे लुम्विनी घोषणा पत्र जारी भएको छ । दाङको लमहीमा २०८० जेष्ठ २६ गते सम्पन्न भ्रष्टाचार विरुद्ध दोश्रो लुम्विनी प्रदेश युवा सम्मेलनबाट सो घोषणा पत्र जारी भएको हो । बास नेपाल लुम्विनी प्रदेश समितिको आयोजनामा सम्पन्न सम्मेलनको अन्तमा जारी घोषणा पत्रमा देशको छबिलाईनैं धुमिल गराउने गरि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट बिश्वमा बद्नाम हुने स्थिती सृजना भएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेकाले सो अपराधमा संलग्न कसैलाई पनि कुनै बाहनामा नछाड्न माग गरिएको छ । सम्मेलनले भ्रष्टाचारबिरुद्ध शुन्य सहनशीलताको बिकास गरि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्र्ने प्रतिबद्धता जाहेर गर्दै भ्रष्टाचारबिरुद्ध लुम्विनी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सभाका साँसद र स्थानीय तहका प्रतिनिधिहरुलाई प्रश्न सोधी जवाफदेहिता खोज्ने प्रण गरिएको छ । सार्वजनिक निकायको जवाफदेहिता प्रबद्र्धन गर्नका लागि सूचना माग्ने संस्कृतिको बिकास गर्ने प्रतिबद्धता जाहेर गर्दै सम्मेलनले भ्रष्टाचारबिरुद्धका ऐन, नियम, नियमावली अक्षरशः कार्यान्वयन गर्न सम्मेलन सम्बद्धसँग जोडदार माग गरेको छ । सार्वजनिक सेवा प्रबाहलाई चुस्त, दुरुस्त पार्न सार्वजनिक निकाय समक्ष अपिल गर्दै घोषणा पत्रमा. आम नागरिकको हक सूचनाको हक सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग सम्मेलन जोडदार माग गरिएको उल्लेख छ । . नागरिक गुनासो सुनुवाई सम्बन्धिको कार्यबिधि तत्काल ल्याउन तीन तहकै सरकारसँग माग गर्दै भ्रष्टाचार बिरुद्ध गुनासो सुनुवाईका लागि हेलो लुम्विनी प्रदेश सरकार नामक गुनासो सुनुवाई संयन्त्र बनाउन सम्मेलनले माग गरेको छ । भ्रष्टाचार बिरुद्ध संकल्प प्रस्ताव पारित गर्न लुम्विनी प्रदेश सरकारसँग सम्मेलन जोडदार माग गर्दै सम्मेलनले लुम्विनी प्रदेश सरकारलाई सुशासन ऐन, सूचनाको हक सम्वन्धि ऐन, सार्वजनिक खरिद ऐन लगायत सुशासन प्रबद्र्धन गर्नका लागि आवश्यक ऐनहरु बनाउन माग गरेको छ । सम्मेलनबाट विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको अचुचित कार्य र स्टिङ अपरेसन सम्बन्धी कानुनी व्यवस्थालाई पुनरवहाली गर्न माग गरिएको छ ।