BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

क्यान्सर पहिचान शिबिर सम्पन्न

बाँके÷महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिबिर सम्पन्न भएको छ । दिदिबहिनी समाज बाँकेको आयोजना र एचसिआरसि अस्पतालको सहकार्यमा उक्त शिबिर सम्पन्न भएको हो । शिविरमा उपस्थित ५१ मध्ये ४० जना महिलाहरुले स्वास्थ लाभ लिएका छन् । शिबिरमा प्रशुती रोग बिशेषज्ञ डाक्टर मन्जु बि.सी. शाहले जाँच गरेकि थिईन् । शिविरको संयोजन कार्य समिति सदस्य शिवा शाहले गरेकि थिईन् । शिविरमा संस्थाकि अध्यक्ष रमादेवि शाह, उपाध्यक्ष दिला शाह, सचिव लुना बुढाथोकी, कोषाध्यक्ष कमला वली क्षेत्री लगायत पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।