BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

प्रेस समाचार

लुम्विनी प्रदेशकी प्रदेश सभा सदस्य साँसद माननीय अम्विका काफ्लेले भ्रष्टाचारको अन्त्य नभए सम्म देश बिकास असम्भव हुने बताएकि छन्् । दाङको लमहीमा २०८० जेष्ठ २६ गते मा सम्पन्न भ्रष्टाचार विरुद्ध दोश्रो लुम्विनी प्रदेश युवा सम्मेलनको उद्घाटन गर्दै साँसद काफ्लेले सो कुरा बताएकि हुन् । भ्रष्टाचारका कारण देश बद्नाम भएको उल्लेख गर्दै भ्रष्टाचारका बिरुद्ध युवाहरु सशक्त रुपमा लाग्नु पर्ने उनले बताईन् । यत्र–तत्र भ्रष्टाचार हाबी भएको कुरा उल्लेख गर्दै भ्रष्टाचार बिरुद्ध सबै एकजुट हुन उनले आव्हान गरिन् । बास नेपाल लुम्विनी प्रदेश समितिको आयोजनामा सम्पन्न सम्मेलनमा बोल्दै भ्रष्टाचार बिरुद्धको अभियन्ता बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचारका कारण बिश्वमानचित्रमा देश बद्नाम भएको उल्लेख गर्दै भ्रष्टाचारका बिरुद्ध शुन्यसहनशिलताको बिकास गर्नुपर्ने बताए । बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारी, ईलाका प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । बास नेपालकी केन्द्र्रीय सचिव दिला शाहले संचालन गरेको कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले गरेका थिए । कार्यक्रममा १५० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । सम्मेलनले भ्रष्टाचार विरुद्ध लुम्विनी प्रदेश घोषणा पत्र २०८० जारी गरेको छ । बास नेपाल लुम्विनी प्रदेश संयोजक खेम बिष्टको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय संस्कृती झल्किने मयुर नाच प्रस्तुत गरिएको थियो भने गायिका सुष्मा ग्रेसले गित प्रश्तुत गरेकि थिईन् । सम्मेलनको खुला शर्तमा बिभिन्न युवा, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुले जिज्ञाशा राखेका थिए । राखिएका जिज्ञाशाहरुको उत्तर बास नेपालका पदाधिकारीहरुले दिए । सम्मेलनले ११ बुँदे भ्रष्टाचार बिरुद्ध लुम्विनी घोषणा पत्र जारी गरेको छ ।