BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

प्रेस समाचार

बासकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको १५ औं बार्षिक पूण्यतिथीमा बासको केन्द्रीय कार्यालय भवन निर्माणार्थ सहयोग गरेको छ । बासद्वारा नेपालगञ्जमा बैशाख २७ गते सम्पन्न बार्षिक पूण्यतिथी कार्यक्रममा बास केन्द्रीय कार्यालय निर्माणार्थ एघार हजार एक सय एघार बासका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्मालाई बासकी केन्द्रीय निर्वतमान अध्यक्ष रमेश सिटौला, केन्द्रीय सचिब दिला शाह र कार्यकारी निर्देशक नमस्कार शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए । शाहको सम्झनामा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । बास नेपालका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गर्नुका साथै शाहको तस्विरमा अविर र पुष्प अर्पण गरिएको थियो । कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा रुक्मिणी शाहका दाजु नमस्कार शाहले पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको व्यक्तित्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै बास नेपालका निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले रुक्मिणी शाहको शोकलाई शक्तिमा बदल्दै सामाजिक तथा मानवीय कार्य गर्नुपर्ने बताए । कार्यक्रम समापन गर्दै बास नेपालकी केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्माले आगामी बर्षहरुमा रुक्मीणी अक्षय कोष मार्फत थप कार्य गर्दै जाने बताए । कार्यक्रममा बास नेपालका पदाधिकारी, सदस्य, स्वयंसेवक, कर्मचारीहरुको उपस्थिती रहेको थियो । हेमराज भट्ट सुचना अधिकारी, बास