BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

बासले मनायो लोकतन्त्र दिवस

१७ औं लोकतन्त्र दिवसको अवसरमा बास नेपालले नेपालमा लोकतन्त्र, संस्थागत बिकास र चुनौतीहरु बिषयक छलफल कार्यक्रम गरेको छ । बास नेपाल केन्द्रीय कार्यालयको हलमा भएको छलफल कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले लोकतन्त्र र स्वतन्त्रता पर्यायबाची भएकाले हरेक ब्यक्तिका लागि लोकतन्त्र सबैभन्दा राम्रो ब्यवस्था भएको बताए । उनले सबैले आफ्नो कर्तब्य पुरा गर्नेहो भने सुशासन कायम हुने जनाए । कुनै पनि कुरा जति कठोर हुन्छ त्यती चाडो नष्ट हुन्छ भन्दै लोकतन्त्रको अर्कौ बलियो पक्ष लचकता भएको बताए । लोकतन्त्रमा बोल्ने एउटा र गर्ने अर्को हुनै नसक्ने भन्दै नेपालमा लोकतन्त्रमा गलत प्रबृती हाबि भईरहेको उनको भनाई थियो । यसैगरी कार्यक्रममा बोल्दै बासका सल्लाहकार तथा बरिष्ट पत्रकार पूर्णलाल चुकेले हरेक ब्यक्तिलाई लोकतन्त्रको भरपुर उपयोग गर्न पाउनु पर्ने जनाउदै राजनितिकरणले लोकतन्त्रलाई प्रदुशित गरिरहेकोमा दुःख ब्यक्त गरे । बासको अभियान र युवाहरुको उर्जालाई सधै सहयोग गर्ने प्रतिबद्धता गरे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासले सुशासन बहालीकालागि हुने हरेक परिवर्तनमा भूमिका निर्वाह गर्दै आएको बताउदै आगामी दिनमा समेत सुशासनको पक्षमा र भ्रष्टाचारको बिरुद्धका सधै आवाज प्रवाह गरिनै रहेने बताए । कार्यक्रममा युवाहरुले लोकतन्त्रमा मनपरितन्त्र हावि भएको भन्दै जिम्मेवारीमा रहेका ब्यक्तिहरुले जवाफदेहि बन्नु पर्नेमा जोड दिएका थिए । छलफलमा बासका संस्थापत सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, सल्लाहकार पूर्णलाल चुके, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, निर्वतमान अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष शिब कुमार बर्मा, पूर्ब अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगायत ३० बढी युवाहरुको सहभागिता रहेको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रममा बासका तर्फबाट गैर सरकारी संस्था महासँघ बाँके शाखाको कार्यसमितिमा निर्वाचीत भएका बासका निर्वतमान अध्यक्ष रमेश सिटौला र पूर्व अध्यक्ष मन भण्डारीलाई बधाई ज्ञापन गरिएको थियो । यसैगरी बासमा प्रशासन सहायकको रुपमा कार्यरत श्रुती चौधरीलाई प्रशंसा पत्र प्रदान गरेर बिदाई गरिएको थियो । हेमराज भट्ट सुचना अधिकारी, बास नेपाल