BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

प्रेस समाचार

बास नेपालको ४४ औं पूर्णकालिन बैठक नेपालगञ्जमा जेष्ठ १३ गते सम्पन्न भएको छ । बिभिन्न निर्णय गर्दै पूर्णकालिन बैठक सम्पन्न भएको हो । बैठकले आगामी चार महिनाको साझा कार्यक्रम तय गरेको छ । देशैभर एकै समयमा कार्यक्रम सञ्चालन गर्ने गरि साझा कार्यक्रम तय गरिएको हो । जस अन्र्तगत जेष्ठ १७ गते बिश्व धुम्रपान रहित दिवस, असार ११ गते भ्रष्टाचार बिरुद्ध कविता बाचन कार्यक्रम, साउन २७ गते अन्तराष्ट्रिय युवा दिवस, भाद्र ३० गते भ्रष्टाचार बिरुद्ध तिज कार्यक्रम गरिने गरि योजना तय गरिएको छ । बैठकले संस्थाका केन्द्रीय सदस्य युवराज जंग शाहका बुवा निर्मल जंग शाह, प्रशासकिय अधिकृत शुद्ध चौधरीका दाजु चमरु थारु, बास नेपाल सितापुर उपशाखाका पूर्ब अध्यक्ष नर बहादुर खत्री, जनसम्पर्क अधिकृतका कान्छा बुवा बिरेन्द्र कार्की, बास नेपालका सक्रिय सदस्य पूर्ण ढकाललकी आमा सिता देबि ढकालको निधन प्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको थियो । बैठकले सचिवालय बैठकका निर्णय, कार्यकारी निर्देशक नमस्कार शाहले प्रश्तुत गरेको प्रगति प्रतिबेदन, उपाध्यक्ष शिब कुमार बर्माले प्रश्तुत गरेको साँगठनिक प्रतिबेदन, कोषाध्यक्ष कल्पना अधिकारीले प्रश्तुत गरेको आर्थिक प्रतिबेदन पारित गरेको थियो । बैठकले कोषाध्यक्ष कल्पना अधिकारीको संयोजकत्वमा कार्यकारी निर्देशक नमस्कार शाह र लुम्विनी प्रदेश संयोजक खेम बिष्ट सदस्य रहने गरि खरिद समिति पुर्नगठन गरिएको छ । बैठकले कोशि प्रदेशका ताप्लेजुंग, मोरंग, सुनसरी, ईलाम, भोजपुर, मधेश प्रदेशका धनुषा, बारा, पर्सा, महोत्तरी, बाग्मती प्रदेशका भक्तपुर, ललितपुर, दोलखा, नुवाकोट, गण्डकी प्रदेशका तनहुँ, स्याँजा, म्याग्दी, गोरखा, मुस्तांग, लुम्विनी प्रदेशका कपिलबस्तु, पाल्पा, नवलपरासी, कर्णाली प्रदेशका डोल्पा, कालिकोट, सल्यान, सुदुर पश्चिमका अछाम, बाजुरा र दार्चुला शाखा अधिबेशन आगामी चार महिना भित्र निर्णय गरिएको छ भने बिस्तार हुन बाँकी रहेका प्रदेश समितिहरुलाई तत्काल पूर्णता दिने जिम्मेवारी प्रदेश संयोजकहरुलाई दिईएको छ । बैठकले दशैभरका एफएमहरबाट भ्रष्टाचार बिरुद्ध सन्देशमुलक जिंगल प्रशारण गर्ने, भ्रष्टाचार बिरुद्ध राष्ट्रिय युवा सम्मेलन काठमाण्डौंमा निकट भविष्यमै गर्ने निर्णय गरेको छ । बैठकले ४५ औं पूर्णकालिन बैठक २०८० असोज १२ र १३ गते नेपालगञ्जमा गर्ने निर्णय गरिएको छ । केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा बास पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।