BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

बैजनाथमा सार्वजनिक सुनुवाई

बैजनाथ गाँउपालिका ७ नम्बर वडाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई गरिएको छ । बैजनाथ गाउँपालिका ७ नम्बर वडाको आयोजना तथा बास नेपालको सहजिकरणमा आज सम्पन्न सुनुवाईले ४ बुदें साँझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा पेडारी जोड्ने निर्माण सम्पन्न पुल भएर जाने सडक सुचारु गर्न समस्या भएका कारण सञ्चालनमा नआएको भन्ने गुनासो आएकाले उक्त सडक सञ्चालनका लागि स्थानीय तहमा छलफल गरि सुचारु गर्ने, वडामा रहेको स्वास्थ्य चौकी टाढा रहेको र जेष्ठ नागरिक तथा असक्त ब्यक्तिहरुलाई स्वास्थ्य सेवा लिन निकै असहज भईरहेकाले स्वास्थ्य चौकी स्थानान्तरणको पहल गर्ने, स्वास्थ्य चौकीमा निर्माणाधीन पर्खालको कार्य यथासक्य सम्पन्न गर्न ताकेता गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम पालिकाबाट सञ्चालन भईरहेकोमा आगामी बर्ष देखि वडा तहबाट नै सञ्चालन गर्ने गरी गाँउपालिकासँग पहल गर्ने, बढ्दो लागु औषध नियन्त्रणका लागि सामुहिक अभियान सञ्चालन गर्ने र वडाको चालु आर्थिक बर्षमा छनौट हुन नसकेका अत्यावश्यक योजनाहरु नयाँ योजना तथा कार्यक्रममा समाबेश गर्ने तथा सञ्चालीत योजनाहरुको प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता गरिएको छ । बासका निर्देशक हेमराज भट्टले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको कार्यक्रममा वडाको योजना तथा कार्यक्रम, उपलब्धी तथा सेवा प्रवाहका बिषयमा वडा अध्यक्ष दिनेश कुमार थारुले जानकारी गराएका थिए । बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको सुनुवाईमा सहभागिहरुका प्रश्न तथा जिज्ञासाहरुको समाधान सुनुवाईमा सरोकारवालाको रुपमा आसिन वडा अध्यक्ष दिनेश कुमार थारु, सदस्यहरु राधा कुमारी थारु, इलाचा चमार्नी, तिलक राम थारु, नर बहादुर चन्द ठकुरी र वडा सचिब जितेन्द्र लामिछानेले दिएका थिए । सुनुवाई ७ नम्बर वडा कार्यालयको आयोजना तथा बास नेपालको सहजिकरणमा वडा कार्यालयको प्रांगणमा भएको थियो । यसैगरी बैजनाथ गाँउपालिका २ नम्बर वडाले प्रदान गर्ने सेवा तथा सुविधाका बिषयमा आज सार्वजनिक सुनुवाई भएको छ । सुनुवाईबाट ६ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा आगामी आर्थिक बर्षमा आबस्यकताका आधारमा सिचाई बोरिङको ब्यबस्था गर्ने र बिउ बितरणलाई सहज बनाउने, लागु औषध दुब्र्यसनी बिरुद्ध सबै सरोकारवाला सचेत हुने र सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, वडा भित्र खानेपानीको ब्यवस्थापनका लागि आबश्यक पहल गर्ने, बालुवा र गिट्टि चोरी ,निकासी नियन्त्रण गर्न पहल गर्ने र वडाको सेवा सुबिधा र स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रतिबद्धता गरिएको छ । सुनुवाईको सहजिकरण बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए । भने सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बासका जन सम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । हेमराज भट्ट सुचना अधिकारी, बास नेपाल