बास नेपालले नेपालगन्जका बिभिन्न कार्यालयहरुको परिसरमा भ्रष्टाचार विरुद्ध भित्ते लेखन गरिएको छ । भ्रष्टाचार बिरुद्ध सन्देश प्रबाह गर्ने उद्धेश्यले भ्रष्टाचार बिरुद्ध जागौ उल्लेखित सन्देश भित्ते लेखन गरिएको छ । डिभिजन बन कार्यालय, सडक डिभिजन कार्यालय, नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका ४ नम्वर, ११ नम्वर वडा कार्यालय, बनस्पति कार्यालय, बाँके आर्युबेद कार्यालय परिसर लगायतमा भित्ते लेखन गरिएको हो ।