नेपालगञ्ज / बास नेपालले मुगुको कार्मोराङ नगरपालिकामा उपशाखा गठन गरेको छ । जेठ २ गते बास नेपालका मुगु शाखाको अध्यक्ष चिन बहाुदर शाहीको समुपस्थितिमा गठन भएको उपशाखाको अध्यक्षमा किसिम बहादुर रोकाया चयन भएका छन् । उपशाखाको उपाध्यक्ष,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमश पेमाछिरिङ शेर्पा,कुशल सैडी,हरिचन्द्र रोकाया र पासाङ तुण्डुप लामा रहेका छन् । त्यसैगरी उपशाखाका सदस्यहरुमा धर्मलाल रोकाया,धर्मदत्त एैडी,छिरिङ यामखोम कामी, भ्याल्खोन लामा,याङजोन लामा र पेमा छिरिङ लामा रहेका छन । उपशाखा गठन पश्चात बोल्दै नबगठित बानगंगा उपशाखाका किसिम बहादुर रोकायाले आफुहरु भ्रष्टाचार बिरुद्ध आफ्नो पालिका तथा मुगु जिल्लामै सक्रिय भएर लाग्ने बताए ।