BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

बिभिन्न बैंकहरुसँग सूचना माग

हरेक कम्पनीले मुनाफाको कम्तिमा बार्षिक १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित कार्यमा खर्च गर्नु पर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था बमोजिम बाँके जिल्लामा कार्यरत ३७ वटा बित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्वमा गरेका कार्यहरु बारे सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ५ जना युवाहरु नेपालगञ्ज–१२ निवासी नमस्कार शाह, नेपालगञ्ज–१० निवासी हेमराज भट्ट, मन भण्डारी, रबिन्द्र बोहरा र शुद्ध चौधरीले संयुक्त रुपमा २२ वटा सरकारी तथा निजि क्षेत्रबाट सञ्चालित बैंक, ९ वटा बिकास बैंक र ६ वटा फाईनान्ससँग सूचना माग गर्दै निवेदन दर्ता गरेका छन् । सूचना मागकर्ताहरुले बाँके स्थित शाखाबाट गत आ.ब. २०७८÷२०७९ मा संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित खर्च माग गर्नुका साथै यस आ.ब. २०७९÷२०८० को श्रावण देखि हाल सम्म संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै गरिएको खर्च बिबरण माग गरेका छन् । उनीहरुले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्वन्धित आगामी योजना समेत माग गरेका छन् । सूचना मागकर्ताहरुले नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक, स्टेण्डर्ट चार्टड बैंक, एआईबिएल बैंक, हिमालय बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मि बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, प्राईम कमर्सियल बैंक,, सनराईज बैंक, मेघा बैंक, सानिमा बैंक, माछापुछ«े बैंक, एनआईसि एसिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, प्रभु बैंक, कर्णाली बिकास बै.क, मुक्तिनाथ बिकास बैंक, सांग्रिला बिकास बैंक, सिने रेसुंगा बिकास बैंक, ज्योती बिकास बैंक, गरिमा बिकास बैंक, लुम्विनी बिकास बैंक, कामना सेवा बिकास बैंक, महालक्ष्मि बिकास बैंक, पोखरा फाईनान्स, गुराँश फाईनान्स, बेस्ट फाईनान्स, गुडविल फाईनान्स, रिलाईन्स फाईनान्स र मञ्जुश्री फाईनान्ससँग सूचना माग गरेका हुन् । हेमराज भट्ट सूचना अधिकारी, बास नेपाल