नेपालगञ्ज स्थित यातायात व्यवस्था कार्यालय नेपालगञ्ज बाँकेमा नागारिक गुनासो संकलन कार्यक्रम सम्पन्न भएको छ । बास नेपालले सो कार्यक्रम सम्पन्न गरेको हो । ५० जना नागरिकहरुको गुनासो संकलन गरेको हो । बासका स्वयंसेवकहरुले सेवाग्राहीहरुको गुनासो संकलन गरेका हुन् । सेवाग्राहीहरु यातायात व्यवस्था कार्यालयको सेवा प्रबाह बारे असन्तुष्ट देखिएका छन् । सेवा लिले क्रममा सेवा बारे सेवाग्राहीहरुले अभिमत दिएका छन् । सेवाग्राहीहरु मध्ये ४० प्रतिशतले सेवा लिँदा स्पष्ट जानकारी नपाएको बताएका छन्, ३२ प्रतिशतले स्पष्ट सूचना पाएको, २८ प्रतिशतले ठिकै जानकारी पाएको अभिमत दिएका छन् । यसैगरी सेवा प्रदायक कर्मचारको तपाईंको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ? भन्ने प्रश्नमा ठिकै भन्नेमा ५२ प्रतिशत, थोरै भन्नेमा ३२ प्रतिशत र अति धेरै भन्नेमा १६ प्रतिशत रहेका छन् । यसैगरी ४ प्रतिशत सेवाग्राहीले कर्मचारीहरुबाट अभद्र, अमर्यादित व्यवहार भएको बताएका छन्, ६८ प्रतिशतले ठिकै व्यवहार भएको बताएका छन् भने र २८ प्रतिशतले मिलनसार, मैत्रीपूर्ण व्यवहार भएको बताएका छन् । यसैगरी सेवा प्राप्त गर्न आवश्यक सूचना, शुल्क, दस्तुर बारे सेवा प्रदायक कर्मचारीले स्पष्ट पारे कि पारेनन् भन्ने प्रश्नमा ३२ प्रतिशतले अति स्पष्ट गरेको बताएका छन् भने ४८ प्रतिशतले ठिकै, २० प्रतिशतले अलमल हुने गरि सूचना दिएको बताएका छन् । तपाईंले राखेका समस्याहरुको समाधान दिए कि दिएनन् भन्न् प्रश्नमा अति सजिलै तरिकाबाट समाधान दिए भन्नेमा १६ प्रतिशत, ठिकै भन्नेमा ७० प्रतिशत रहेका छन् भने १४ प्रतिशत सेवाग्राहीहरुले समाधान दिन नसकेको बताएका छन् । सेवा प्राप्त गर्न अपनाईएका प्रकृया के कस्तो लाग्यो भन्ने प्रश्नमा अति सजिलो भन्नेमा १६ प्रतिशत, ठिकै भन्नेमा ५४ प्रतिशत र लामो झन्झटिलो भन्नेमा ३० प्रतिशत रहेका छन् । सेवाग्राहीहरुले कर्मचारीको ब्यवहारमा सुधार ल्याउनुपर्ने, सेवाग्रहीहरु बस्ने ठाउँको व्यवस्था हुनुपर्ने, बढी काम हुने फाँटमा धेरै कर्मचारीहरु खटाउनु पर्ने, चिसो खानेपानीको ब्यवस्था हुनुपर्ने, रकम तिरेको बिल दिने ब्यवस्था हुनुपर्ने, यातायात कार्यालय सबैलाई सहज हुने स्थानमा हुनुपर्ने, टोकन सिस्टम हुनुपर्ने सुझाव दिएका छन् । शौचालयको राम्रो ब्यवस्था नभएको, जथाभाबि पैंसाको बार्गिनिङ्ग हुने गरेको, पार्किङ्ग अव्यवस्थित रहेको, बिभिन्न बहानामा सेवाग्राहीलाई स्टेशनरी लगायतका सामाग्री माग गर्ने गरेको बताएका छन् । बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्की नेतृत्वका सहजकर्ता रमिता शाह, कार्यक्रम सहायक अशोक रावल, असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बिक, ईन्टर्न मिना घर्ति, नानीमाया जैशी, निशु बिश्वकर्मा, स्वयंसेबक प्रेम नेपाली र बासुदेव उपाध्याय लगायतको टोलीले सेवाग्राहीहरुको गुनासो संकलन गरेको थियो । नमस्कार शाह कार्यकारी निर्देशक, बास नेपाल