BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

महिलाहरुको स्वास्थ्य सम्वन्धी अन्र्तक्रिया

नेपालगन्ज÷महिलाहरुको स्वास्थ्य सम्वन्धि नेपालगञ्जमा अन्र्तक्रिया गरिएको छ । दिदि बहिनी समाज बांकेको आयोजनामा बैशाख १० गते उक्त कार्यक्रम सम्पन्न गरिएको हो । महिलाहरुका क्षेत्रमा क्रियाशिल संस्था दिदि बहिनी समाज बाँकेले महिलाहरुको स्वास्थ्य समस्या र समाधानका उपायहरु खोज्नका लागि अन्र्तक्रिया गरिएको बताएको छ । २५ जना महिलाहरुको सहभागिता रहेको सो कार्यक्रममा संस्थाकी सदस्य तथा स्वास्थ्यकर्मी सुमन गिरी श्रेष्ठले महिलाहरु महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा, पाठेघरसँग सम्वन्धित समस्या र समाधानका उपायहरु, स्तन क्यान्सर, महिलाहरुको मानसिक स्वास्थ्य, स्वस्थ र सन्तुलित भोजन लगायतका बिषयमा प्रशिक्षण दिएकि थिईन् । संस्थाकी उपाध्यक्ष दिला शाहले स्वागत गरेको कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवा महिलाहरुको सहभागिता रहेको थियो । संस्थाकी सचिव लुना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रम समापन गर्दै संस्थाकी अध्यक्ष रमा देबी शाहले महिलाहरुको स्वास्थ्य समस्या बारे जानकारी दिने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताईन् । संस्थाले महिला लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।