BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

दिदि बहिनी भित्ते पात्रो सार्वजनिक

महिलाहरुको हक, हितका लागि क्रियाशिल गैर सरकारी संस्था दिदि बहिनी समाज, बाँकेले प्रकाशन गरेको दिदि बहिनी नेपाली पात्रो जेष्ठ १४ गते सार्वजनिक गरिएको छ । २०७८ फाल्गुण १२ गते स्थापना भएको उक्त संस्थाले प्रकाशन गरेको २०८० को नेपाली पात्रो एक कार्यक्रमका बिच जेष्ठ १४ गते सार्वजनिक गरिएको हो । संस्थाका गतिविधिहरु झल्किने तस्विर सहितको उक्त भित्ते पात्रो संस्थाका पदाधिकारीहरुले सार्वजनिक गरेका हुन् । संस्थाकि अध्यक्ष रमादेवि शाह, सचिव लुना बुढाथोकी, कोषाध्यक्ष कमला वली क्षेत्री, सदस्यहरु सिता बोहरा, शिवा बोहरा, जानकी के.सी., पूर्णिमा हमाल, पार्वती कडायत लगायतले बोलेका नेपाली पात्रो सार्वजनिक गरेका थिए । भित्ते पात्रो सार्वजनिकरण कार्यक्रममा बास नेपालका निबर्तमान अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाकि अध्यक्ष रमादेबि शाहले महिला हक, अधिकारका पक्षमा बिभिन्न गतिविधिहरु सञ्चालन गर्ने क्रममा संस्थाका गतिविधि झल्किने भित्ते पात्रो प्रकाशन गरिएको बताईन् । उनले भित्ते पात्रो प्रकाशनमा सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिईन्, कार्यक्रम सञ्चालन सचिव लुना बुढाथोकीले गरेकि थिईन् ।