बेसीशहर– बास नेपाल लमजुङ शाखाले भ्रष्टाचारका विरुद्धमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बास नेपालका जिल्ला अध्यक्ष लक्ष्मी धितालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएको एक टोलीले सो ज्ञापनपत्र जेठ १० गते १० बुँदे ज्ञापन पत्र बुझाएको हो । सो ज्ञापन पत्रमा भ्रष्टाचार सामाजिक अपराध हो भनिएको छ । भ्रष्टाचारले लोकतान्त्रिक मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनी शासनका साथै देशको अर्थतन्त्रलाई कमजोर तुल्याउछ । हाल मुलुक भ्रष्टाचारबाट मुलुक आक्रान्त छ भन्दै भ्रष्टाचारको कुनै राजनीतिक र भौगोलिक सीमा नहुने हुनाले यसको नियन्त्रणका लागि राष्ट्रिय र अन्तराष्ट्रिय साझा प्रयासको महसुस गरी भ्रष्टाचार विरुद्धको महासन्धि संयुक्त राष्ट्रसंघको महासभाले २००३ मा पारित गरिसकेको छ । उक्त महासन्धिमा विश्वका १४० भन्दा बढी देशले हस्ताक्षर गरेकाछन् । उक्त महासन्धिको नेपाल पक्ष राष्ट्र भएको स्मरण गराइएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको समेत साझेदार संस्था रहेको बास नेपालले नेपाल बढी भ्रष्टाचार हुने देशको रुपमा विश्व मानचित्रमा बदनाम रहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले हरेक बर्ष प्रकाशन गर्ने ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह( द्दण्द्दद्द भ्रष्टाचार अवधारणा सुचाङ्कमा नेपाल १०० मा ३४ अंकप्राप्त गरी ११०औं स्थानमा रहेको छ । यस बाट नैं नेपालमा व्याप्त भ्रष्टाचारको अवस्था उजागर हुन्छ, देशमा भ्रष्टाचार संस्थागत रुपमा विकास भइरहेकोछ, भ्रष्टाचार यत्र, तत्र सर्बत्र छ ज्ञापनपत्रमा भनिएको छ । यसैगरी, यहि पृष्ठभूमिमा बिगतमा कैयौं भ्रष्टाचारका काण्डहरू घटे, ती काण्डहरूका दोषीलाई कार्वाही नगरेरै काण्डहरूलाई गुपचुप बनाईयो । अहिले देशको छबिलाईनै धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई संयुक्त राज्य अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट विश्वमा बदनाम हुने स्थिति सृजना भएको छ । व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको छ । यस अपराधमा संलग्न कोही, कसैलाई पनि कुनै पनि बाहनामा नछाड्न नागरिक समाजका तर्फबाट खवरदारी गर्दछौं । यस प्रकरणमा बहालवाला गृह सचिव, पूर्ब गृह मन्त्री, पूर्ब उप–प्रधानमन्त्री लगायतका हाई प्रोफाईल व्यक्तिहरूलाई पक्राउ गरी सरकारले भ्रष्टाचारबाट आजित आमनागरिकहरुमा आशाको सञ्चार गराएकोछ । यस कार्यको हामी स्वागतगर्दछौं । तर, बिगतमा ठूला, ठूला भ्रष्टाचारका काण्डहरू छानविननै नभई सेलाएर जाने, अन्ततः राजनीतिक संरक्षणमा उन्मुक्तिदिने गरेका दृष्टान्तहरू जस्तै यो प्रकरण पनि हात्ति आयो हात्ति आयो फुस्सा नहोस् भनिएको छ । यस प्रकरणमा मुछिएका सम्पूर्ण व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं । अन्त्यमा भ्रष्टाचार बिरुद्ध तत्काल तपसिल बमोजिमका पहल थाल्न नागरिक समाजका तर्फबाट आग्रह गर्दछौं भनिएको छ । ज्ञापनपत्रमा उल्लेख भएका १० बुँदाहरू ः ज्ञापनपत्रमा उल्लेख भएका १० बुँदामा १) भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवर्द्धनमा जोड दिईयोस् । २) भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरियोस् । ३) राजनीतिक दलहरूलाई पारदर्शि बनाउने व्यवस्था गरियोस् । ४) सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गरियोस् । ५) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरियोस् । ६) भ्रष्टाचार विरुद्धको अभियानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरियोस् । ७) नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरियोस् । ८) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत बिकास गरियोस् । ९) भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस् र १०) राष्ट्रिय सतर्कता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईयोस् भन्ने उल्लेख छ ।